अभिनेता पल शाहको मुद्दाको सुनुवाइ उच्च अदालत पोखरामा हुदै, बेलुकासम्ममा आदेश आउन सक्ने

अभिनेता पल शाहको मुद्दाको सुनुवाइ उच्च अदालत पोखरामा हुदै, बेलुकासम्ममा आदेश आउन सक्ने


  • जन संचार
  • आइतबार, १४ फाल्गुन २०७९
  • 3.3K
    Shares

अभिनेता पल शाहको मुद्दाको सुनुवाइ उच्च अदालत पोखरामा हुदै

अभिनेता पल शाहको मुद्दाको सुनुवाइ उच्च अदालत पोखरामा भइरहेको छ ।

बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै नवलपुर जिल्ला अदालतले शाहलाई साढे दुई वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसलाविरुद्ध उनले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा अहिले पलका वकिलहरुले बहस गरिरहेका छन् । सुनुवाइपछि आजै साँझसम्म आदेश आउन सक्ने सम्भावना रहेको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए ।

एक नाबालिकामाथि जबर्जस्ती करणीको मुद्दामा नवलपुर अदालतले सफाइ दिएपनि बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष जेल सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो । यही प्रकृतिको मुद्दामा तनहुँ जिल्ला अदालतले शाहलाई सफाइ दिएको थियो ।

नवलपुर अदालतको फैसलाअनुसार अहिले शाह तनहुँ कारागारमा जेल सजाय बिताइरहेका छन् ।

 

प्रतिक्रिया