पोखराको रंगशालामा अचेत अबस्थामा भेटिएकी महिलाको मृत्यु भएको छ । अचेत अबस्थामा भेटिएको जानकारी पाए लगत्तै खटिएको प्रहरी टोलीले उक्त महिलालाई पश्चिमान्चल क्षेत्रीय हस्पिटलमा लगेकोमा अस्पतालले मणिपाल शिक्षण हस्पिटल रिफर गरेको थियो ।
चिकित्सकले चेक जाँचका क्रममा महिलाले बिषादी सेबन गरेको पुष्टी भएको छ ।कास्कीका डीएसपी गजुसिद्दी बज्राचार्यले अहिलेसम्म महिलाको बारेमा कुनै जानकारी नभएको बताउनु भयो । घटनाको अनुसन्धान भईरहेको छ ।