प्रहरी प्रमुख नियुक्तिमा सरकारले झमेलापूर्ण निर्णय गरेको लाभचाहिँ कालाकोटेले राम्रैसँग लिने भएछन् । अरु त अचम्म भएन तर एउटै ल फर्म र एउटै आमाका सन्तानसमेत पक्ष विपक्षमा बाँडिएर बहस गर्ने तयारीचाहिँ रोमान्चक नै देखिन्छ ।
जनआस्था साप्ताहिकमा खबर छ– संविधानविद् डा. भिमार्जुन आचार्य र भाई सुवासले जयबहादुर चन्दको पक्षबाट तर्क वितर्क गर्ने भएका छन् ।
चन्दका अरु वकिलमा महादेव यादव, सुशील पन्त, बसन्तराम भण्डारी, पूर्णमान शाक्य, सतिशकृष्ण खरेल, यदुनाथ खनाल, सुनील पोखरेल, दीनमणि पोखरेल, बार महासचिव खम्बबहादुर खाती र हरि उप्रेती छन् ।
नवराजको तर्फबाट चाहिँ बद्रीबहादुर कार्की, टीकाराम भट्टराई, शम्भु थापा, बाबुराम कुँवर, हरि फुँयाल, गोविन्द बन्दी र तुल्सी भट्ट भिड्दैछन् ।
यो सार्वजनिक सरोकारअन्तर्गत दर्ता भएको मुद्दा (पिआइएल) हुनाले ‘स्टे अर्डर’ दिन मिल्दैन भन्दै जयबहादुरतर्फका वकिलले पैरवी गर्ने योजना बनाएका छन् । यसअघि कल्याण श्रेष्ठ र तर्कराज भट्टको संयुक्त इजलासले सुनीलरञ्जन सिंहद्वारा दायर यस्तै बढुवासम्बन्धी मुद्दामा दिएको फैसलालाई आधार बनाउने तयारी गरेका हुन् ।
नेपाल कानुन पत्रिका, २०६९ सालको अंक १२ मा प्रकाशित डिभिजन बेञ्चको सो फैसलालार्य सुशीला कार्कीको एकल इजलासले काटेकोमा उनीहर खनिन लागेको बताइन्छ । त्यसबाहेक मर्का पर्ने मान्छे पो मलाई अन्याय भयो भन्दै न्यायालय पुग्नुपर्ने ! तर, यहाँ त एउटा वकिलले यस्ता विषयमा निर्णय गर्दा बाहिरबाट हस्तक्षेप नहोस् भन्ने अपेक्षा मात्र राखेका हुन् ।
त्यसैले मागदाबी र फैसलाबीच तालमेल भएन भन्दैछन् जयबहादुर पक्षधर । उनीहरुको अर्को जिकिर के छ भने पासिङ आउट हँदा प्रकाश अर्याल १ नम्बर थिए । अहिले आइजी बनाउन सरकारले रोजेका जयबहादुर ९ नम्बरमा थिए ।
बमबहादुर भण्डारीको रोलक्रम १४ थियो भने नवराज ६७ नम्बरमा थिए । यो ०४४ साल चैत २९ मा नियुक्त हुँदाको वरीयताक्रम हो ।