पीएसजीसँग बार्सिलोनाको लज्जास्पद हार

पीएसजीसँग बार्सिलोनाको लज्जास्पद हार


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ४ फाल्गुन २०७३
  • 11.1K
    Shares

च्याम्पियन्स लिगको नाक आउट चरणको पहिलो लेगमा बार्सिलोनाले पेरिस सेन्ट जर्मेनसँग लज्जास्पद हार व्यहोरेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनो पीएसजीसँग ४-० पराजित भएको हो । यससागै स्बार्सिलोना पहिलो पटक अन्तिम १६ बाटै बाहिरिने खतरा बढेको छ ।

घरेलु मैदानमा भएको खेलमा पीएसजीले १८ औं मिनेटमा एन्जल डि मारियाको गोलबाट अग्रता लिएको थियो । खेलको ४० औं मिनेटमा ड्राक्सलरले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा पनि बार्सिलोना खेलमा र्फकन सकेन । ५५ औं मिनेटमा डि मारियाले दोस्रो गोल गरे भने ७१ औं मिनेटमा काभानीले गोल गरे । र, पीएसजी ४-० ले विजयी भएको छ ।

प्रतिक्रिया