अमेरिकी डलर, युरो, पाउण्ड बढ्यो र सुनचाँदीको भाउ घट्यो, कतिकतिमा कारोवार हुदैछ हेरौं :

अमेरिकी डलर, युरो, पाउण्ड बढ्यो र सुनचाँदीको भाउ घट्यो, कतिकतिमा कारोवार हुदैछ हेरौं :


  • जन संचार
  • शुक्रबार, २७ माघ २०७९
  • 5.5K
    Shares

डलरको भाउ बढ्यो सुनचाँदीको भाउ घट्यो

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३२ पैसा कायम गरिएको छ।

अमेरिकी डलरसँगै युरोपियन युरो र पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ। बिहीबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १३२ रुपैयाँ ३० पैसा थियो। यो मूल्य अघिल्लो दिनको २ पैसा बढेको हो।

युरोपियन युरो एकको खरिदमा भने १४१ रूपैयाँ ९४ पैसा र बिक्रीमा १४२ रूपैयाँ ५९ पैसा पाइन्छ।

बिहीबार युरो एकको खरिदमा भने १४१ रुपैयाँ ४१ पैसा र बिक्रीमा १४२ रुपैयाँ ६ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ५३ पैसा बढेको हो।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६० रूपैयाँ ३ पैसा र बिक्रीदर १६० रूपैयाँ ७६ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रूपैयाँ ९७ पैसा र बिक्रीमा ९२ रूपैयाँ ३९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ३० पैसा र बिक्रीमा ९८ रूपैयाँ ७५ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १२ पैसा र बिक्रीमा ३६ रूपैयाँ २९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ १० पैसा र बिक्रीदर ३५ रूपैयाँ २६ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रूपैयाँ २ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार ३० रूपैयाँ ५२ पैसा र बिक्रीमा ३० रूपैयाँ ६६ पैसा पाइन्छ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ४ पैसा र बिक्रीमा ४३३ रूपैयाँ पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३५१ रूपैयाँ ६ पैसा तोकिएको छ।

शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य भने घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला एक सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला १३ सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख चार हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया