३३ बर्षीय मनोज, ४५ बर्षीय श्रीमतीको हत्या आरोपमा पक्राउ

३३ बर्षीय मनोज, ४५ बर्षीय श्रीमतीको हत्या आरोपमा पक्राउ


  • जन संचार
  • आइतबार, २२ माघ २०७९
  • 11.2K
    Shares

श्रीमानले गरे श्रीमतीको हत्या

शनिबार श्रीमती हत्या आरोपमा झापाको अर्जुनधारा नगरपालिकाबाट शनिबार एक व्यक्ति पक्राउ परेका छन्।

४५ वर्षीया श्रीमती कल्पना पोखरेल बस्नेतको हत्या आरोपमा अर्जुनधारा–८ स्थित प्लटिङ नजिकै बसोबास गर्दै आएका ३३ वर्षीय मनोज बस्नेत पक्राउ परेका हुन् ।

उदयपुरको साविक रामपुर–२ घर भएका मनोजले गत बुधबार राति श्रीमतीको हत्या गरेर शव घर नजिकैको खाल्डोमा पुरेर राखेको र शनिबार स्थानीयवासीले देखेसँगै प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय अनरानीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए।

 

प्रतिक्रिया