२०१९ मा मृत्युदण्ड सुनाइएको पूर्वराष्ट्रपति परवेश मुसरफको दुबइमा निधन

२०१९ मा मृत्युदण्ड सुनाइएको पूर्वराष्ट्रपति परवेश मुसरफको दुबइमा निधन


  • जन संचार
  • आइतबार, २२ माघ २०७९
  • 13K
    Shares

पाकिस्तानी पूर्वराष्ट्रपतिको निधन

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन भएको छ । उनको उपचारका क्रममा दुबईमा निधन भएको हो ।

७९ वर्षका मुसर्रफ एमलोइडोसिस् रोगबाट पीडित थिए । र उनी ३ हप्तादेखि अस्पतालमा भर्ना भिए ।

पूर्व सेनाप्रमुखसमेत रहेका उनको निधनमा सेनाको मिडिया विङ्सले समवेदना सन्देश निकालेर भनेको छ, ‘अल्लाहले दिवंगत आत्मालाई शान्ति र शोक सन्तप्त परिवारलाई शक्ति दिउन् ।’

१८ वर्षको उमेरमा सन् १९६१ मा सैनिक एकेडेमीमा भर्ना भएका उनी सेनाको प्रमुख बनेका थिए । सन् १९९९ मा सैनिक कुमार्फत उनले सत्ता हात पारेका थिए ।

मुसर्रफले सैनिक कु गर्नुअघि नवाज सरिफ प्रधानमन्त्री थिए र मुसर्रफलाई सरिफले नै सेना प्रमुख नियुक्त गरेका थिए ।

सैनिक कुबाट पाकिस्तानको कार्यकारी अधिकार हातमा लिएका मुसर्रफ सन् २००१ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति बनेका थिए ।

सन् २००८ को चुनावमा मुसर्रफको दलले चुनाव हारेपछि उनी दुबई र लण्डनमा निर्वासनमा गएका थिए र सन् २०१३ मा पाकिस्तान फर्केका थिए । स्वदेश फर्केपछि उनीमाथि विभिन्न मुद्दा लागेको थियो ।

जसमध्येको एउटा मुद्दा सन् २००७ मा संकटकाल घोषणा गरेर संविधान निलम्बन गरेकोमा लागेको राजद्रोहको पनि थियो ।

जसमा उनीमाथि सन् २०१९ मा मृत्युदण्डको सजाय सुनाइएको थियो । आफूमाथि मृत्युदण्डको सजाय सुनाएको बेला उनी दुबईमा नै उपचाररत थिए ।

सन् १९४३ मा  दिल्लीको उर्दु भाषी परिवारमा जन्मेका उनले सन् १९४७ मा भारत पाकिस्तान विभाजनहुँदा परिवारसँगै भारत छाडेका थिए ।

प्रतिक्रिया