फेसबुकबाटै यौन धन्दा सञ्चालन गर्ने दुई युवक पक्राउ परे

फेसबुकबाटै यौन धन्दा सञ्चालन गर्ने दुई युवक पक्राउ परे


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३ फाल्गुन २०७३
  • 15K
    Shares

सामाजिक सञ्जाल फेसबुकले टाढा रहेका एकअर्कालाई भचुअल दुनियाँमा जोडेको छ । यसबाट धेरैले लाभ पनि लिएका छन् ।तर, कतिलाई हैरानी दिन थालेको छ । विषेश गरेर फेसबुकको दुरुपयोग गरेर अश्लिल धन्दा चलाउनेहरुका कारण युवतीहरु पीडित हुने गरेका छन् ।महानगरीय प्रहरी अपराध महाशाखाले हालै एक व्यक्तिलाई पक्राउ गरेको छ, जसले फेसबुक पेज नै खोलेर यौन धन्दा चलाइरहेका थिए ।

फेसबुक पेजबाटै यौन व्यापारको विज्ञापन

विगत एक साता देखि मैतिदेवीकी कल्पना थापा (नाम परिर्वतन) लाई एउटा अपरिचित नंम्बरबाट लगातार फोन आउन थाल्यो । प्रायः नेपाल बाहिरबाट आउने फोनमा यौन प्रस्ताव मात्रै राख्थ्यो । केहीलाई त आफू त्यस्तो युवती नभएको जवाफ दिइन । तर, तारन्तार फोन आउन थालेपछि विवाहको तयारीमा रहेकी शर्मिला प्रहरी कहाँ पुगिन् । अपराध महाशाखामा उनले आफुलाई फोन गर्नेहरु विवरण टिपाइन् ।

उनकै उजुरीका आधारमा फोन गरेर यौन धन्दाको लागि प्रस्ताव गर्ने मध्य एक सागर धिताल भएको खुलेको छ । महाशाखाकाका डीएसपी पशुपती रायका अनुसार धितालले शर्मिलालाई फोन गरेर कति लाग्छ तिर्न तयार छु भन्दै शारीरिक सम्वन्धका लागि प्रस्ताव गर्ने गरेका थिए ।

उनी पक्राउ परे । तर, धितालले आफूले पीडित युवतीको नम्बर एक अश्लिल नाममा खोलिएको फेसबुक पेजमा पाएको बताए । त्यसकै आधारमा पक्राउ परे सुरज बस्नेत, जसले फेसबुक पेजमार्फत यौन धन्दा चलाउन गरेको पाइएको छ ।

बस्नेतले खोलेको अश्लिल नामको एक फेसबुक पेजमा यौन सम्पर्कका लागि भन्दै युवतीहरुको फोन नम्बर राखेका थिए । उनले बनाएको फेसबुक पेजमा २३ जना युवती नम्बर भेटिएको छ, जसमा केही यौन व्यवसायी हुनसक्ने आशंका छ ।

डीएसपी रायका अनुसार पक्राउ परेका वस्नेत २ वर्ष अमेरिका बसेर फर्किएको पाइएको छ । उनले अमेरिकामा पनि यस्तै काम गरेकोले नेपालमा पनि यही धन्दा चलाएको बयान दिएका छन् । उनले अश्लिल फेसबुक पेजमा युवतीहरुको सम्पर्क नम्बरदेखि नाम र ठेगाना समेर राखेर यौन व्यवसाय नै चलाउने गरेको हुनसक्ने आशंका अनुसन्धानमा खटिएको प्रहरी अधिकारीको छ ।

अरुको चरित्र हत्या गर्नेलाई छाडिन्नः एसएसपी अमात्य

एक सता अघि मात्रै अपराध महाशाखाको नेतृत्व सम्हाल्न आइपुगेका एसएसपी दिनेश अमात्यले साइबर अपराध आफनो मुख्य प्राथमिकतामा रहेको बताए । साउनबाट यता मात्रै महाशाखामा साइबर अपराध सम्बन्धि ६ सय ८९ वटा उजुरी परेको छ । त्यसमा अधिकांश युवतीहरु पीडित देखिएका छन । युवतीहरुको नाममा अश्लिलता फैल्याउने र अर्काको चरित्र हत्या गर्ने समूहहरु देखिएका छन्, उनले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार