भारतीय बायुसेनाका दुइ वटा लडाकु बिमान एक-आपसमा ठोक्किएर दुर्घटनाग्रस्त : एक पाइलटको मृत्यु

भारतीय बायुसेनाका दुइ वटा लडाकु बिमान एक-आपसमा ठोक्किएर दुर्घटनाग्रस्त : एक पाइलटको मृत्यु


  • जन संचार
  • शनिबार, १४ माघ २०७९
  • 4.7K
    Shares

भारतमा भारतीय बायुसेनाका दुइ वटा लडाकु बिमान एक-आपसमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा एक पाइलटको मृत्यु भएको छ। भारतीय वायुसेनाका दुई लडाकु विमान सुखोई ३० र मिराज २००० मध्य प्रदेशको मोरेना जिल्लामा दुर्घटनाग्रस्त हुँदा एक पाइलटको मृत्यु भएको हो।

मोरेनाका जिल्ला प्रहरी उपरीक्षक आशुतोष बागरीले घटनाको पुष्टि गर्दै दुर्घटनामा परेका लडाकु विमानबाट दुई जना पाइलटले आफूलाई विमानबाट अलग गरेको तर तेस्रो पाइलटको शब फेला परेको छ।

मध्य प्रदेशका एडीजी आदर्श कटियारले समाचार एजेन्सी पीटीआईलाई विमान दुर्घटनाको कारण भने स्पष्ट भइनसकेको बताएका ५न् । उनले भने, ‘विमान हावामा एकअर्कासँग ठोक्किएका हुन् वा होइनन् भन्ने स्पष्ट छैन ।’

दुर्घटनामा परेका लडाकु विमानबाट दुई जना पाइलटले आफूलाई विमानबाट अलग गरेको तर तेस्रो पाइलटको जानकारी पाउन नसकेको आदर्श कटियारले बताए । समाचार एजेन्सी पीटीआईका अनुसार दुर्घटना हुनुअघि भारतीय वायुसेनाका दुईवटा लडाकु विमान ग्वालियर विमानस्थलबाट उडेका थिए।

घटनाप्रति दुःख व्यक्त गर्दै मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले ट्वीटरमा लेखेका छन्, ‘मुरैनाको कैलारस नजिक वायुसेनाको सुखोई–३० र मिराज–२००० विमान दुर्घटनाको खबर अत्यन्तै दुःखद छ । मैले स्थानीय प्रशासनलाई छिटो उद्धार र राहत कार्यमा वायुसेनालाई सहयोग गर्न निर्देशन दिएको छु। विमानका पाइलटहरू सुरक्षित होस् भनी भगवानसँग प्रार्थना गर्दछु।’

प्रतिक्रिया