अस्ट्रेलियाको मेलबर्नको हिन्दू मन्दिरमा लाग्यो भारतविरोधी नारा : भारतीयहरूद्वारा शान्तिको आह्वान

अस्ट्रेलियाको मेलबर्नको हिन्दू मन्दिरमा लाग्यो भारतविरोधी नारा : भारतीयहरूद्वारा शान्तिको आह्वान


  • जन संचार
  • बिहिबार, १२ माघ २०७९
  • 3.6K
    Shares

अस्ट्रेलियाको मेलबर्नमा विगत १५ दिनमा तीनवटा हिन्दू मन्दिरमा भारतविरोधी तथा खालिस्तान समर्थक नारा लेखिएपछि हिन्दू समुदाय स्तब्ध भएको छ । तर हिन्दूहरूले संवेदनशीलता तथा परिपक्वता देखाउँदै सिख समुदायसँग एकताको सन्देश दिएका छन् । अनि अस्ट्रेलियामा बस्ने भारतीयहरूले पनि शान्तिको आह्वान गरेका छन् ।

अस्ट्रेलियामा हिन्दू संगठनका अध्यक्ष डा नवीन शुक्ला यस घटनाबाट उत्तेजित हुनुपर्ने कारण नरहेको बताउँछन् । तर आफूहरू यसबाट सतर्क चाहिँ हुनुपर्ने उनको भनाइ छ । सरकारले हिन्दूहरूको सुरक्षामा ध्यान दिनुपर्ने उनी बताउँछन् ।

अस्ट्रेलियामा हिन्दू समुदाय तेस्रो ठूलो छ । सन् २०२१ मा भएको जनगणनाअनुसार, अस्ट्रेलियामा ६.८४ लाख हिन्दू बस्छन् ।

प्रतिक्रिया