बोबी विश्वकर्मा बाग्लुंग ताराखोला गाउपालिका नेपानेमा जन्मिएका हुन। हाल उनि कम्बोडियामा नेपालि होटल संचालन गरिरहेका छन् । सानै उमेर देखी गीत संगीतमा रुची राख्ने उनि संगीत भनेपछि हुरुक्कै हुन्छन । विदेसिनु नेपालिको बाध्यता हो तर पनि आफ्नो सस्कृति र रिति-रिवाजलाई अंगालेकै हुन्छन् । त्यसकै एक उदाहरण हुन् बोबी ।
पेसाले ब्यबसाइ भएपनि उनको पहिचान गाएक भएको छ । उनले हाल सम्म आदा दर्जन भन्दा बढी गीतमा सब्द र स्वर दिईसकेका छन् । उनले विभिन्न घटना, परिवेस र माया प्रेमका गीत बनाउछन र उनको गित दर्शक स्रोतालाई आफ्नो रोजाइमा पार्छन । उनले लय सब्द गरेका गरेका चर्चित गीत न्याउली रुन्छ मनमा, गैरि खेतैमा, हे बैगुनी, आदि रहेका छन् । उनले पन्चे बाजामा समेत आफ्नो सब्द र स्वोर दिएका छन् । उनको पहिलो एल्बम भने सन् २०१७ मा रिलिज गरिएको थियो
लोक संगीत क्षेत्रमा उनि, विदेशमा बसेर पनि एउटा राम्रो सर्जक भन्ने बुझिन्छ । उनैको सब्द स्वर रहेको न्याउली रुन्छ मन सन् २०२२ मा रिलिज गरिएको थियो जुन गीतले निकै चर्चा कमाएको थियो । Tiger music nepal बाट रिलिज भएको गितमा उनि संग संगै लछुमन कडेलको समेत लगानी रहेको छ ।
उनलाइ विभिन्न संघ सस्थाले समेत प्रस्तुतिका लागि निम्त्याएको उनि बताउछन । “कम्बोडियामा बसेर नेपालि गितमा झुमाउन पाउदा खुसि लाग्छ”, गाएक बोबी बताउछन । उनले कम्बोडियामा रहेका होटल, स्टेज तथा विभिन्न कार्यक्रममा प्रस्तुति दिदै आइरहेका छन् ।
“आफ्नो गायनमा दृढ संकल्पका साथ अघि बढ्ने र धेरैले गाएकका रूपमा चिन्ने गरेको कारण आफुलाई अझ धेरै गित संगीतमा लाग्न उर्जा मिलेको छ “उनि बताउछन उनले हाल नया गीतको समेत तयार गरिरहेका छन् ।