डिप्रेसनको समस्या देखिएको समाचार आएपछि खेलाडीहरुले लेख्न थाले ; ‘जस्टिस फर सन्दीप लामिछाने’

डिप्रेसनको समस्या देखिएको समाचार आएपछि खेलाडीहरुले लेख्न थाले ; ‘जस्टिस फर सन्दीप लामिछाने’


  • जन संचार
  • बुधबार, २० पुष २०७९
  • 17.2K
    Shares

सन्दीप लामिछानेलाई न्याय हुनुपर्ने भन्दै खेलाडीहरुले लेखे

नाबालिका बलात्कार आरोपमा थुनामा रहेका राष्ट्रिय टिम क्याप्टेन सन्दिप लामिछानेलाई न्याय हुनुपर्ने भन्दै राष्ट्रिय टिमका दुइ खेलाडीले आज सामजिक संजालमा लेखेका छन् ।

जिल्ला अदालत काठमाडौंले गत कात्तिक १८ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । सो आदेश अनुसार उनलाई केन्द्रीय कारागारमा राखिएको छ ।

उनलाई हाल डिप्रेसनको समस्या देखिएको समाचारहरु सार्वजनिक भएकाबेला क्रिकेटरहरुले ह्यास ट्याग प्रयोग गर्दै ‘जस्टिस फर सन्दीप लामिछाने’ लेखिरहेका छन् ।

राष्ट्रिय टिमका क्रिकेटर शरद भेषावकर र आरिफ शेखले बलात्कार आरोपमा सजायँ भोगिरहेका पूर्वकप्तान सन्दीप लामिछानेलाई न्याय हुनुपर्ने बताएका छन् ।

उनीहरूले आज बिहान फेसबुकमा स्टाटस राख्दै ह्यास ट्याग प्रयोग गर्दै ‘जस्टिस फर सन्दीप लामिछाने’ लेखिरहेका छन् ।

जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै उनले उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् । यसअघि पुस १४ गते उनको निवेदनको पेसी तोकिएकोमा हेर्न नभ्याइनेमा परेको थियो ।

प्रतिक्रिया