रुसी युवती वलात्कारको आरोपमा दुई नेपाली गोवामा पक्राउ

रुसी युवती वलात्कारको आरोपमा दुई नेपाली गोवामा पक्राउ


  • जन संचार
  • शनिबार, २ पुष २०७९
  • 14K
    Shares

भारतीय प्रहरी, indian police

भारतको पर्यटकीय शहर गोवामा एकजना रुसी युवतीलाई बलात्कार गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन्। बर्दियाका २३ बर्षीय सकिल अन्सारी र २३ बर्षीय नै सयुम्दीन अन्सारी रुसी युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन्।

गोवा प्रहरीका अनुसार, ती दुवै जनाले आफु कार्यरत होटलमा बस्न आएकी ३७ बर्षीया रुसी युवतीलाई डिसेम्बर ७ मा उनी बसेको कोठामा गइ वलात्कार गरेका थिए। आफ्ना दुई साथीसहित पर्यटकीय शहर गोवा भ्रमणमा आएकी ती रुसी युवतीले साथीहरुसंग बसेर मादक पदार्थ सेवन गरेर कोठामा छिरेकी थिइन्।

रुसी युवती मादक पदार्थ सेवन गरेर कोठामा छिरेको थाहा पाएका ती दुई नेपाली मध्ये एकजनाले होटलमा सरसफाइ गरिदिने वाहनामा सो कोठाभित्र पसेको र नसामा रहेकी ती युवतीसँग शारीरिक सम्बन्ध राखेका प्रहरीले जानकारी दिएको छ ।

केही छिनपछि अर्का आरोपी पनि सो कोठाभित्र पसेको र ती युवतीमाथि यौन दुर्ब्यबहारको प्रयास गरेपछि उनी चिच्याएकी थिइन्। त्यसपछि होटलले प्रहरीलाई बोलाएको थियो। तर, प्रहरीले उजुरी भने घटना घटेको भोलिपल्टमात्र दर्ता गरेको थियो।

यी दुबैजना भारतको पश्चिम बंगालबाट गोवा पुगेका र पश्चिम बंगालमा पनि चोरीको आरोपमा तीन महिना जेल बसेर धरौटीमा रिहा भएका थिए। भारतीय संचारमाध्यमहरुका अनुसार उनीहरुलाई हरेका पन्ध्र दिनमा ठानामा उपस्थित हुन अदालतले आदेश दिएको थियो।

प्रतिक्रिया