एयर इण्डिया एक्सप्रेसको जहाजभित्र सर्प भेटियो : घटनाको छानबिन गर्न आदेश

एयर इण्डिया एक्सप्रेसको जहाजभित्र सर्प भेटियो : घटनाको छानबिन गर्न आदेश


  • जन संचार
  • आइतबार, २५ मंसिर २०७९
  • 12.8K
    Shares

भारतको केरलास्थित कालोकटबाट शनिबार दुबई पुगेको एयर इण्डिया एक्सप्रेसको जहाजभित्र सर्प भेटिएको छ। जहाज एयरपोर्टमा अवतरण गरे पश्चात जहाज सफाई गर्ने क्रममा विमानको सामान राख्ने स्थानमा सर्प भेटिएको हो।

जहाजमा सर्प देखिए पछि केही बेर एयरपोर्टमा त्रासको वातावरण बनेको थियो भने सर्प निकाल्न एयरपोर्टको फायर सर्भिसलाई परिचालन गरिएको नागरिक उड्डयन महानिर्देशनालयका एक अधिकारीले जानकारी दिए। विमानबाट सबै यात्रु सकुशल बाहिर निकालिएको थियो।

जहाजभित्र सर्प भेटिएपछि यहाँको नागरिक उड्डयन महानिर्देशनालयले घटनाको छानबिन गर्न आदेश दिएको छ । समाचार एजेन्सी पीटीआईको रिपोर्टअनुसार बी ३७-८०० नम्बरको विमान केरलाको कालोकटबाट शनिबार दुबई अवतरण भएको थियो।

नागरिक उड्डयन महानिर्देशनालयका एक अधिकारीले जहाजभित्र सर्प भेटिएकोबारे जानकारी दिँदै सर्प निकाल्न एयरपोर्टको फायर सर्भिसलाई बोलाइएको बताएका छन्। उनले ग्राउन्ड ह्याडलिङका क्रममा गल्ती भएका कारण सो घटना भएको बताएका छन्। उनले घटनाबारे छानबिन गरी दोषीमाथि कारबाही गरिने बताए।

प्रतिक्रिया