कमशल बिउ दिएको भन्दै बारामा चिनी उद्योगकोविरुद्ध उखु उत्पादक किसान आन्दोलित

कमशल बिउ दिएको भन्दै बारामा चिनी उद्योगकोविरुद्ध उखु उत्पादक किसान आन्दोलित


  • जन संचार
  • आइतबार, २५ मंसिर २०७९
  • 12K
    Shares

बारामा आन्दोलित उखु उत्पादक किसान

बाराको रिलायन्स सुगर मिलले उन्नत जातको भनेर कमशल उखुको बिउ दिएपछि उखु किसान आन्दोलित भएका छन्। कमसल बिउ भएकै कारण समय अगावै उखु सुकेपछि किसानहरु चिनी उद्योगकोविरुद्ध आन्दोलनमा उत्रिएका हुन्। किसानहरुले सडकमै उखु जलाएर आन्दोलन गरिरहेका छन् ।

उखु समय अघिनै सुक्न थालेपछि किसानहरुले शनिबार मानवत मटिअर्वा सडकखण्डको श्रीपुरमा एक घण्टा सडक अवरुद्ध पारे। रोग लागेर सुकेको उखु सडकमै जलाएर उनीहरुले प्रदर्शन गरे। उखु किसानहरुले शनिबार दिउँसो साढे १ बजेदेखि साढे २ बजेसम्म सडक अवरुद्ध पारेका हुन्। रिलायन्स सुगर मिल र उखु उत्पादक संघले मिलेर गुणस्तरहीन बिउ दिएको कारण आफूहरु समस्यामा परेको उनीहरुको आरोप छ।

उद्योगका प्रतिनिधि र किसान संघका प्रतिनिधिहरुसँग छलफल गर्न खोज्दा उनीहरु छलफलमा नआएकाले बाध्य भएर सडकमा सडकमा उत्रनु परेको प्रदर्शनमा सहभागी उखु किसान शशीकान्त यादवले बताए।

प्रतिक्रिया