अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज भ्रस्टाचारी ठहर, छ वर्ष जेल सजायं

अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज भ्रस्टाचारी ठहर, छ वर्ष जेल सजायं


  • जन संचार
  • बिहिबार, २२ मंसिर २०७९
  • 11.4K
    Shares

अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज

अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेजलाई अदालतले छ वर्षको जेल सजाय तोकेको छ। तीन जना न्यायाधीशको इजलासले उपराष्ट्रपति फर्नान्डेजलाई विभिन्न परियोजनाको एक अर्ब डलर हिनामिना गरेको मुद्दामा दोषी ठहर गर्दै छ वर्षको जेल सजायसँगै आजीवन सार्वजनिक पदका लागि प्रतिबन्ध लगाएको छ । तर उनलाई अदालतले आपराधिक संगठन सञ्चालनको अभियोगमा भने सफाइ दिएको छ । अर्जेन्टिनामा पदमा बहाल उपराष्ट्रपति फौजदारी अपराधमा दोषी ठहर भएको यो पहिलो पटक हो ।

अदालतको फैसला अस्वीकार गर्दै उपराष्ट्रपति फर्नान्डेजले आफू ‘न्यायिक माफिया’ को शिकार भएको टिप्पणी गरेकी छन् । साथै उनले आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेकी छन् । उनले अदालतको निर्णयविरुद्ध पुनरावेदन दिएकाले त्यसको निर्णय नभएसम्म फैसला कार्यान्वयन नहुने जनाइएको छ ।

अदालतको फैसला सार्वजनिक हुनेबित्तिकै उपराष्ट्रपति फर्नान्डेजका समर्थकले राष्ट्रव्यापी हडताल गर्ने चेतावनी दिएका छन् । उनीहरूले ब्यूनस आयर्सको सहरी क्षेत्र बन्द गरे भने प्रहरीले खडा गरेका अवरोध हटाउँदै संघीय अदालत भवन अगाडि नाराबाजी गरेका छन् ।

तीन वर्षयता उपराष्ट्रपति रहेकी फर्नान्डेजले सन् २००७ देखि २०१५ सम्म राष्ट्रपति थिइन् । ६९ वर्षीय फर्नान्डेजमाथि आफ्नो परिवारसँग निकटस्थ निर्माण व्यवसायीलाई अनुचित ढंगले सार्वजनिक कामको ठेक्का दिएको आरोप लगाइएको थियो । अदालतको फैसलाले दक्षिण अमेरिकी राष्ट्रमा राजनीतिक विभाजन एवं रक्तपात निम्त्याउने जोखिम बढाएको छ ।

प्रतिक्रिया