अमेरिकाद्वारा एयर इन्डियालाई १४ लाख डलर जरिवाना

अमेरिकाद्वारा एयर इन्डियालाई १४ लाख डलर जरिवाना


  • जन संचार
  • मंगलबार, २९ कार्तिक २०७९
  • 5.9K
    Shares

एयर इन्डिया

अमेरिकास्थित यातायात विभागले एयर इन्डियालाई १४ लाख डलरको जरिवाना लगाएको छ । टिकटको पैसा फिर्ता गर्न ढिलाइ गरेको भन्दै अमेरिकी यातायात विभागले एयर इन्डियालाई १४ लाख डलरको जरिवाना लगाएको हो ।

अमेरिकी यातायात विभागले सोमबार दिएको जानकारी अनुसार टाटाको स्वामित्वमा रहेको एयर इन्डियामा आबद्ध छ वटा एयरलाइन्सहरुले यात्रीलाई रिफन्डको रुपमा कुल ६० करोड डलर फिर्ता गर्न पनि निर्देशन दिएको छ । एयर इन्डियालाई पनि १२.१५ करोड डलर फिर्ता गर्न भनिएको छ ।

अधिकारीहरूका अनुसार एयर इन्डियाका यात्रुहरूको ‘अनुरोधमा फिर्ता’ को प्रावधान अमेरिकी यातायात विभागको नीतिहरू भन्दा फरक छ । अमेरिकी सरकारका नियम अनुसार, एयरलाइन्सहरूले उडान रद्द वा परिवर्तनको मामलामा यात्रुहरूको टिकटको पैसा कानुनी रूपमा फिर्ता गर्न आवश्यक छ ।

विभागीय छानबिनमा एयर इन्डियाले आधाभन्दा बढी रकम फिर्ता आवेदनहरू प्रशोधन गर्न १०० दिनभन्दा बढी समय लिएको पाइयो । रिफन्डमा ढिलाईको यो मामिला टाटा समूहको एयर इन्डियाको अधिग्रहण गर्नु अघिको हो ।

प्रतिक्रिया