बंगाली नायिका बितास्ता शाहाको शव आधा कुहिएको अवस्थामा फेला परेको छ । मनोरञ्जन उद्योगमा छोटो समय काम गरेकी नायिका शाहाको शव बुधबार उनको कोलकातास्थित फ्ल्याटबाट पुलिसले बरामद गरेको हो ।आधा कुहिएको शरिर कोलकाताको दक्षिणी भागमा अवस्थित कास्बामा रहेको उनको फ्ल्याटमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
लगभग दुई दिनदेखि उनलाई गरिएको अनेकौं फोन नउठेपछि उनकी आमा उनलाई भेट्न फ्ल्याटमा पुगेकी थिइन् । बितास्ता फ्ल्याटमा एक्लै बस्ने गर्दथिन् । निकै बेरसम्म ढोका ढक्ढकाउँदा पनि ढोका नखोलेपछि बितास्ताकी आमाले छिमेकीको सहयोगमा पुलिसलाई खबर गरेका थिए ।
पुलिसले ढोका फुटाएर हेर्दा उनको शव सिलिङमा झुण्डिरहेको अवस्थामा भेटिएको पुलिसले जानकारी दिएको छ । बितास्ताको नारी पनि काटिएको र उनको शरिरमा घाउको विभिन्न दाग पनि देखिएको बताइएको छ ।

‘सुरुवाती अनुसन्धानमा बातिस्ताले आत्महत्या गरेको देखिन्छ तर हामी पोस्टमार्टम रिपोर्टको पर्खाइमा छौं । उनको मृत्यु दुई दिन अघि भएको बताइएको छ । उनको कोठा गन्हाएको थियो,’ एक पुलिस अधिकारीले बताएका छन् । बितास्ता थुप्रै दिनदेखि डिप्रेसनमा भएको पुलिसले दाबी गरेको छ ।