सुदूरपश्चिममा गएराती फेरी भूकम्पको ठुलो धक्का महशुश : भूकम्पले डोटीमा सात घर भत्किए

सुदूरपश्चिममा गएराती फेरी भूकम्पको ठुलो धक्का महशुश : भूकम्पले डोटीमा सात घर भत्किए


  • जन संचार
  • आइतबार, २७ कार्तिक २०७९
  • 6.3K
    Shares

सुदूरपश्चिममा शनिबार राति ८ बजेर १२ मिनेटमा फेरी भुकम्पको ठुलो धक्का महशुस भएको छ । बझाङको छान्ना गाउँपालिकाको पातादेवल केन्द्रबिन्दु बनाएर सुदूरपश्चिम क्षेत्रमा महशुश हुने गरी ५ दशमलव १ म्याग्नुच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

यसैबीच प्राप्त जानकारी अनुसार, गएराती गएको भूकम्पले डोटीमा फेरि त्रास फैलिएको छ। चिसो मौसम भएका कारण बालबालिकाहरूलाई काखमा च्यापेर यहाँका स्थानीय खुल्ला आकाशमा आगो ताप्दै बसिरहेका छन्।

उक्त भूकम्पका कारण सायल गाउँपालिकामा दुईवटा, पूर्विचौकी गाउँपालिकाको पोखरीमा समेत तीन वटा घरहरू भत्किएको प्राप्त जानकारीमा उल्लेख गरिएको छ। यहाँका स्थानीयहरू घर बाहिर बसिरहेका छन्। गत मंगलबार राति गएको भूकम्पका कारण ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेका गैरागाउँमा अहिले गएको भूकम्पले फेरि दुईवटा घर भत्किएको बताइएको छ।

यस अघि गत बुधबार आएको भुक्मपमा परी डोटीमा छ जनाले ज्यान गुमाएका थिए भने एक दर्जन घाइते भएका थिए । सोही क्रममा सयौ घर विस्तापित भएका छन् ।

प्रतिक्रिया