पाकिस्तानका पूर्व प्रम इमरान खानमाथि गोली प्रहार, एक जना पक्राउ

पाकिस्तानका पूर्व प्रम इमरान खानमाथि गोली प्रहार, एक जना पक्राउ


  • जन संचार
  • बिहिबार, १७ कार्तिक २०७९
  • 3.2K
    Shares

गोली लागेर घाइते बनेका पाकिस्तानका पूर्व प्रम इमरान खान

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गुजरावालाको अल्लाहवाला चोक नजिकै गोली प्रहार भएको छ । र्‍यालीमा रहेका बेला उनीसवार कन्टेनरमा हानिएको गोली लागेर उनी घाइते भएका हुन् ।

पाकिस्तान तहरीक-ए-इन्साफका महासचिव असद उमरका अनुसार खानलाई खुट्टामा गोली लागेको छ र उनलाई उपचारका लागि लाहोर पठाइएको छ ।

घटनामा अरु ३-४ जना पनि घाइते भएका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । घाइते हुनेमा पाकिस्तान तहरीक-ए-इन्साफका नेता फैसल जावेद पनि छन् । गोली हान्ने एक जना व्यक्तिलाई पक्राउ गरिएको पाकिस्तानी प्रहरीले बताएको छ ।

प्रतिक्रिया