लमजुङमा सक्रिय पत्रकारिता गर्दै आएकी रेडियो भोटेवडार ९०.८ मेगाहर्ज, लमजुङमा कार्यरत पत्रकार चाँदनी अधिकारीको डेंगुका कारण निधन भएको छ।
रेडियो भोटेवडार ९०.८ मेगाहर्ज, लमजुङमा कार्यरत पत्रकार चाँदनी अधिकारीको डेंगु संक्रमणको कारण निधन भएको छ । चितवनमा उपचारका क्रममा उनको आज बिहान निधन भएको प्रेस सेन्टरका केन्द्रीय माहसचिव सन्तोष पौडलले जानकारी दिए । उनी प्रेस सेन्टर, नेपाल लमजुङ जिल्ला समिति सचिवसमेत थिइन् ।
सञ्चारिका समूह लमजुङका सहसचिव एंव रेडियो भोटेओडारका समाचार सहायक समेत रहेकी अधिकारीको दुखद निधनको खबर तथा श्रद्धाञ्जली अर्पण गर्दै नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारीले आफ्नो फेस्बुकवालमा समवेदना व्यक्त गरेकी छिन् ।

डेंगुका कारण एक पत्रकारको मृत्यु