नेकपा एमालेले महिनावारी हुने उमेर समूहका देशभरीका महिलाहरुलाई गुणस्तरीय स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिदका लागि वार्षिक रुपमा १ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ ।
आज सार्वजनिक चुनावी घोषणापत्रमा पार्टीले आफ्नो घोषणापत्रमा २० वटा बुँदागत ग्यारेन्टीहरु प्रस्तुत गरेको छ । ग्यारेन्टी नं १७ मा ‘स्वास्थ्य महिनावारी : १५ सय वर्षभरि’ स्वस्थ महिनावारी सुरक्षित मातृत्व को नीति कार्यान्वयन गर्ने उल्लेख गरेको छ ।