नेपाली सेनाका एक जना हुद्दा आज बिहान काठमाडौंको फाँटस्थित आर्मी अफिसर्स गल्फ क्लब भवन नजिक झुण्डिएको अवस्थामा भेटिएका छन्।
नुवाकोट जिल्ला बिदुर नगरपालिका वडा नं -५ स्थायी घर भई हाल काठमाण्डौको हाल तिलगंगा बस्ने)बर्ष -४२ का सैन्य हुद्दा भुवन पुडासैनी (ब्याच नम्बर १९८१३०) त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लब भवनकाे पहिलाे तलाकाे सिँढी छेउ झुण्डिएका अवस्थामा भेटिएका हुन् । उनको नयाँ श्रीनाथ गणमा दरबन्दी भए पनि हाल गल्फ क्लबमा काजमा कार्यरत थिए।
पुडासैनी नेपाली सेनाका व्यावसायिक गल्फ खेलाडीसमेत हुन्। जवान पुडासैनीले सूर्य नेपाल गल्फ टुर २०१२–१३ को चौथो इभेन्ट भाग, सूर्य नेपाल च्यालेन्जबाट गल्फ खेलमा व्यावसायिक रूपमा डेब्यु गरेका थिए। उनी त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबमा क्याडी मास्टर र पेशेवर खेलाडी थिए।
नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले पुडासैनीले आत्महत्या गरेको पाइएको र यसबारे अनुसन्धान जारी रहेको जानकारी दिए ।