नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाईडिङ प्रतियोगितामा सहभागी एक नेपाली पाइलटको प्याराग्लाइडिङ दुर्घटनामा मृत्यु भएको छ।
त्रिभुवन आर्मी क्लबका तर्फबाट प्रतियोगी रहेका पोखरा महानगरपालिका वडा नम्बर १० स्थित अस्पताल चोक बस्ने बर्ष २६ को निसिम थापाको प्रतियोगिताको क्रममा प्याराग्लाइडिङ दुर्घटना हुँदा मृत्यु भएको हो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री इभेन्ट चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट बिहान करीब साढे ११ बजेको समयमा सराङकोटस्थित जमिनमा खस्दा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सराङकोटबाट उडे लगत्तै १०० मिटरमाथिबाट खसेका उनलाई उद्धार गरेर उपचारका लागि मेट्रोसिटी अस्पताल पुर्याइएकोमा डाक्टरले मृत घोषित गरेका प्राप्त समाचारमा जनाइएको छ ।