शुरू भयो चिनियाँ कम्युनिष्ट पार्टीको २०औं राष्ट्रिय महाधिबेशन, सी फेरि महासचिव चुनिने अपेक्षा

शुरू भयो चिनियाँ कम्युनिष्ट पार्टीको २०औं राष्ट्रिय महाधिबेशन, सी फेरि महासचिव चुनिने अपेक्षा


  • जन संचार
  • आइतबार, ३० असोज २०७९
  • 4.4K
    Shares

आगामी पाँच वर्षका लागि नयाँ राजनीतिक र सैन्य नेतृत्व चयन गर्न चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं राष्ट्रिय महाधिवेशन चीनको राजधानी बेइजिङमा आइतबारदेखि शुरु भएको छ।

सीपीसीको विधानअनुसार पार्टीको नेतृत्व तहमा रहनका लागि उमेर हदको व्यवस्था गरेको छ । तर सर्वोच्च नेता अर्थात, पार्टीको महासचिवको हकमा भने उक्त व्यवस्था छैन । सन् २०१७ मा सम्पन्न पार्टीको १९औं महाधिवेशनबाट सीपीसीले महासचिवका लागि तोकिएको ६५ वर्षे उमेर हदलाई हटाइसकेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका वर्तमान महासचिव एबम राष्ट्रपति सी चिनफिङ नै तेस्रो कार्यकालका लागि पुनः चयन हुने आम बुझाइ छ । साथै, २५ सदस्यीय पोलिटब्युरोमा पनि व्यापक हेरफेर हुनेछ । बेइजिङमा सम्मेलनको सुरुवात गर्दै सीले आफ्नो प्रतिवेदन पेश गरेका छन् ।

राष्ट्रिय अधिवेशनमा पार्टी महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङले सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा उनले कोरोनाभाइरसविरूद्ध चीनको लडाइँ र चीनले लिएको आर्थिक नीतिको प्रशंसा गरेका छन्।

उक्त राजनीतिक प्रतिवेदनमा सीले विगतका प्रमुख उपलब्धि र आउने कार्यकालको कार्यदिशा पनि अघि सारेका चिनियाँ सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । सम्मेलनमा दुई हजार दुई सय ९६ प्रतिनिधि सहभागी रहेका छन् भने तीन सयभन्दा धेरै नयाँ केन्द्रीय सदस्य चुनिनेछन् ।

सम्मेलनमा पूर्वनेताहरू ९६ वर्षीय पूर्वराष्ट्रपति चियाङ चेमिन र ९३ वर्षीय पूर्वप्रधानमन्त्री चु रोङ्ची भने उपस्थित नभएको बताइएको छ । सबैभन्दा वरिष्ठ स्थायी समिति सदस्य १०५ वर्षीय सोङ पिङ भने उपस्थित छन् । साथै, पूर्वराष्ट्रपति हु चिन्ताओ पनि सीसँगै ग्रेट हल अफ द पिपुलमा देखिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

१९औं राष्ट्रिय महाधिवेशनबाट चयन भएका २५ जना पोलिटब्यूरो सदस्यहरूः

सी जिनपिङ – महासचिव, राष्ट्रपति
ली केचेङ (६७) – पोलिटब्यूरो स्थायी समिति सदस्य, प्रधानमन्त्री
लि चान्सु (७२) – पोलिटब्यूरो स्थायी समिति सदस्य, अध्यक्ष राष्ट्रिय जनकंग्रेस
वाङ याङ (६७) – पोलिटब्यूरो स्थायी समिति सदस्य, राजनीतिक सल्लाहकार समिति अध्यक्ष
वाङ हुनिङ (६७) – पोलिटब्यूरो स्थायी समिति सदस्य, सेक्रेटरी केन्द्रीय सचिवालय
चाओ लेजी (६५) – पोलिटब्यूरो स्थायी समिति सदस्य, सेक्रेटरी अनुशासन आयोग
हान जिखङ (६८) – पोलिटब्यूरो स्थायी समिति सदस्य, कार्यकारी उपप्रधानमन्त्री

पोलिटब्यूरो सदस्यहरूः

दिन सुइस्याङ (६०) – पोलिटब्यूरो सदस्य, सेक्रेटरी केन्द्रीय सचिवालय, निर्देशक पार्टी केन्द्रीय कार्यालय र राष्ट्रपति कार्यालय, निर्देशक राष्ट्रिय सुरक्षा आयोग
वाङ चेन (७१) – पोलिटब्यूरो सदस्य, उपाध्यक्ष राष्ट्रिय जनकंग्रेस
लिउ ही (७०) – पोलिटब्यूरो सदस्य, निर्देशक अर्थ तथा वाणिजय केन्द्रीय आयोगको कार्यालय
सु किलियाङ (७२) – पोलिटब्यूरो सदस्य, जर्नेल, उपाध्यक्ष केन्द्रीय सैन्य आयोग
सन चनलेन (७२) – पोलिटब्यूरो सदस्य, उपप्रधानमन्त्री

ली सी (६६) – पोलिटब्यूरो सदस्य, पार्टी सेक्रेटरी गुवाङदोङ प्रान्त
ली किआङ (६३) – पोलिटब्यूरो सदस्य, पार्टी सेक्रेटरी सांघाई प्रान्त
ली होङचाङ (६६) – पोलिटब्यूरो सदस्य, पार्टी सेक्रेटरी तियानचिज प्रान्त
याङ जिची (७२) – पोलिटब्यूरो सदस्य, निर्देशक केन्द्रीय विदेश विभाग आयोग
याङ सियातु (६९) – पोलिटब्यूरो सदस्य, उपनिदेर्शक केन्द्रीय अनुशासन आयोग

चाङ युसिया (७२) – पोलिटब्यूरो सदस्य, जर्नेल, उपाध्यक्ष केन्द्रीय सैन्य आयोग
चेन सी (६९) – पोलिटब्यूरो सदस्य, प्रशिक्षण विभाग प्रमुख
चेन क्वाङ्गो (६६) – पोलिटब्यूरो सदस्य, उपप्रमुख केन्द्रीय ग्रामिण कार्य समूह, पार्टी पूर्वसेक्रेटरी सिन्जियाङ र तिब्बत
चेन मिनर (६२) – पोलिटब्यूरो सदस्य, पार्टी सेक्रेटरी चुंगचींग प्रान्त

हु चुन्चुआ (५९) – पोलिटब्यूरो सदस्य, उपप्रधानमन्त्री
गो सेनखन (६८) – पोलिटब्यूरो सदस्य, सेक्रेटरी केन्द्रीय कानुन विभाग
हाङ कुनमीन (६५) – पोलिटब्यूरो सदस्य, केन्द्रीय प्रचार विभाग प्रमुख
काइ ची (६६) – पोलिटब्यूरो सदस्य, पार्टी सेक्रेटरी बेइजिङ

प्रतिक्रिया