एक वर्षदेखि भुक्तानी नपाएपछि छठको मुखमा महालक्ष्मी सुगर मिलबिरुद्ध उखु उत्पादक किसानहरु आन्दोलनमा उत्रिए

एक वर्षदेखि भुक्तानी नपाएपछि छठको मुखमा महालक्ष्मी सुगर मिलबिरुद्ध उखु उत्पादक किसानहरु आन्दोलनमा उत्रिए


  • जन संचार
  • बुधबार, २६ असोज २०७९
  • 3.1K
    Shares

लुम्बिनी प्रदेश सभाका निवर्तमान सांसद वीरेन्द्रकुमार कनोडियाको स्वामित्वमा रहेको महालक्ष्मी सुगर मिलबिरुद्ध उखु उत्पादक किसानहरु आन्दोलनमा उत्रिएका छन्।

मिलले एक वर्षदेखि १२ हजार किसानको १० करोड रुपैयाँ रुपियाँ बराबरको रकम भुक्तानी नगरेको भन्दै उखु उत्पादक किसानहरु आन्दोलनमा उत्रिएका हुन्।

तराई Xएटृआखो महान चाड छठ आउने लाग्दा पनि मिल ब्यस्थापनले बिगत एक वर्ष अघि देखि किसानले मिललाई उपलब्ध गराएको एक लाख ९२ हजार तीनसय सात क्विन्टल ७६ किलो उखुको भुक्तानी नपाएको संघर्ष समितिका सचिव हरिश्याम रायले बताए । “कर्मचारी हुन्छ हुन्छ मात्रै भन्छ । मिल मालिक सम्पर्कमा छैनन्,’ रायले भने, ‘आफ्नो उखुको पैसा नपाउने तर छठ पर्व मन्न ऋण माग्नु पर्ने अवस्था किसानहरु पुगेका छन् ।’

भुक्तानी माग्दा मिलका कर्मचारी सम्पर्कमा नआउने र मिल मालिकले समेत समन्वयन नगरेको संघर्ष समितिको आरोप छ ।

कनोडियाको मिलले किसानको भुक्तानी नगरेको गडौता नगरपालिका कार्यालयलले पनि पुष्टि गरेको छ । नगरप्रमुख देवेन्द्रकुमार यादवका अनुसार समितिले दावी गरेजति नभए पनि करिब पांच करोड रुपैयाँ चिनी मिलले किसानलाई भुक्तानी गर्न बाँकी छ ।

‘दशैं अघि एक करोड ५० लाख रुपैयाँ भुक्तानी भएको थियो । अझै ५ करोड जति भुक्तानी पाउन बाँकी छ,’ मेयर यादवले भने, ‘सरकारबाट पाउनु पर्ने अनुदान किसानले पाएका छन् तर मिलबाट पाउने पैसा बाँकी छ ।’

किसानको बक्यैता तिर्न मिल, जिल्ला प्रशासन कार्यालय र चिनी उत्पादकलाई आफूहरुले पटक पटक आग्रह गरेको पनि उनले बताए ।

चिनी उत्पादक संघले आफूहरुको बेइज्जत हुने भन्दै किसानको भुक्तानी गर्न गरेको आग्रह समेत चिनी मिल सञ्चालकबाट लत्याइको मेयर यादवले बताए ।

प्रतिक्रिया