क्रिकेटर लामिछानेलाई वलात्कारको आरोप लगाएकी किशोरीका दुई वटा जन्मदर्ता फेला परे, लामिछानेले न्यायाधिशलाई सोधे यस्तो प्रश्न (भिडियो)

क्रिकेटर लामिछानेलाई वलात्कारको आरोप लगाएकी किशोरीका दुई वटा जन्मदर्ता फेला परे, लामिछानेले न्यायाधिशलाई सोधे यस्तो प्रश्न (भिडियो)


  • जन संचार
  • सोमबार, २४ असोज २०७९
  • 4.9K
    Shares

किशोरी वलात्कारको आरोप लागेका क्रिकेटर सन्दिप लामिछानेलाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। गएको २० गते समातिएका लामिछानेलाई असोज २७ गतेसम्म हिरासतमा राखेर अनुसन्धान गर्न काठमाण्डौ जिल्ला अदालतले अनुमति दिएको हो।

गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई गत बिहीबार (असोज २० गते) प्रहरीले पक्रेको थियो । तर दशैंको विदा परेका कारण अदालत बन्द भएकाले आज मात्र अदालतमा उपस्थित गराउन लागिएको हो ।

न्याद थपका लागि अदालतमा उपस्थित गराइएका सन्दीप लामिछानेले न्यायाधिशसंग आफूविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरी नाबालिग नभएको दाबी गरे । उपस्थित न्यायाधीशले सन्दीपलाई घटनाबारे सोधे पछि उनले न्यायाधिश समक्ष त्यस्तो जिकिर गरेका हुन् ।

त्यसक्रममा लामिछानेले जाहेरवालाकै आग्रहमा भेटेको र उनी नाबालिग नभएको दाबी गरेका छन् । सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले भने, ‘जाहेरवालीले म १९ वर्षको भएँ भनेकी इजलास समक्ष राख्नु भएको छ ।’

अर्का अभिवक्ता सुधा रिजालले भने सन्दीपलाई फसाउनकै लागि नाबालिका देखिने गरी जन्मदर्ता बनाएको दाबी गरिन् । जाहेरवालाको दुई वटा जन्मदर्ता भेटिएको भन्दै उनले भनिन्, ‘अहिलेको जन्मदर्तामा बयाश्क छ उहाँ नाबालिग हुनुहुन्न । जो मान्छेहरुले फसाउन खोजेको छ, त्यसले उहाँलाई परिचालन गरेको आशंका छ ।’

अधिवक्ता सरोजकृष्णका अनुसार इजलासमा सन्दीपले आफ्नो गोपनीयता भंग भएको भन्दै त्यसको कानुनी उपचारबारे चासो राखेका थिए । जवाफमा न्यायाधीशले मुद्दाका सुनुवाइका क्रममा यो विषय उठाउन सुझाएका छन् ।

प्रतिक्रिया