किशोरी वलात्कारको आरोपमा काठमान्डौस्थित प्रहरी वृत्त गौशालाको हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले भेटेका छन् । शुक्रवार बिहान सन्दीपलाई भेट्न चन्द गौशाला पुगेको समाचार स्रोतले जानकारी दिएको छ।
भदौ २३ गते क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको थियो । लामिछाने विरुद्ध प्रहरी वृत्त गौशालामा १७ वर्षीया किशोरीले भदौ २१ गते जबरजस्ती करणीको कसुरमा जाहेरी दिएकी थिइन् ।
विदेशमा क्रिकेट खेलिरहेका सन्दीप आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भए । एक महिनापछि उनी बिहीबार नेपाल फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । नेपाल प्रहरीको इन्टरपोल शाखाले सन्दिपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो ।