भारतको मुम्बई विमानस्थलबाट झन्डै एकसय करोड रुपियाँ मुल्य बराबरको १६ किलो हेरोइन बरामद भएको छ।
राजस्व गुप्तचर निर्देशनालय (डीआरआई)को मुम्बई इकाईले मंगलबार छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा सूचनाको आधारमा त्यति ठुलो परिमाणमा लागू औषध हेरोइन बरामद गरेको हो।
डीआरआईले यस मामिलामा दिल्लीको एक होटलबाट एक यात्री र एक घानाकी महिलालाई पक्राउ गरेको छ। एजेन्सीका अनुसार अफ्रिकी देश मलावीबाट कतार हुँदै मुम्बई आउँदै गरेका एक यात्रुले भारततर्फ लागुऔषध तस्करी गर्न खोजेका थिए ।