युक्रेनको डोनेस्क, लुहान्सक, जेपोरेजिया र खेरसन क्षेत्रको जनमत संग्रहमा जनताले रुसमा गाभिने निर्णयलाई अनुमोदन गरेका छन् । हिजो सम्पन्न निर्वाचनको परिणाम अनुसार ९९ प्रतिशत सम्म नागरिकले युक्रेनसँग रहन नसक्ने भन्दै रुसमा विलयको अनुमति दिएका छन् ।
यो नतिजा सँगै अब रुसको संसदबाट यो निर्णय अनुमोदन भएपछि ती क्षेत्रहरु रुसको क्षेत्र बन्ने छन् । त्यसपछि त्याहाँ रुसी संविधान लागू हुने छन् भने त्याहाँका सबै नागरिकसँग रुसी नागरिकता हुनेछ ।
अब युक्रेन वा कुनै पनि विदेशीले सो क्षेत्रमा हमला गरे रुसमाथिको हमला ठानिनेछ । जस बिरुद्ध रुसले आफ्नो कार्बाही तीव्र बनाउने छ । यसले रुस युक्रेन युद्ध नयाँ चरणमा जान सक्ने आंकलन पनि गरिएको छ ।
अमेरीका र नेटोले मान्यता नदिए पनि ती भूमिमा अब रुसको अधिन हुनेछ । यो कुल भुभाग युक्रेनको कुल क्षेत्रफलको १५ प्रतिशत भुभाग हुनेछ । यस अघि सन् २०१४ मा क्रिमिया पनि युक्रेनबाट विद्रोह गरी जनमतसंग्रह मार्फत रुसमा विलय भएको थियो ।
यद्यपि रुसले युक्रेनको भूमिमा आफ्नो अधिकार कायम गर्नको लागि जनमतसंग्रहको नाटक गरेको पश्चिमा मुलुकले बताएका छन्।
उक्त जनमसंग्रहको नतिजालाई युक्रेन तथा उसका सहयोगी मुलुकले अस्वीकार गरेका छन्। युक्रेनको लुहान्स्क र डोनेट्स क्षेत्रमा उक्त मतदान गराइएको थियो। त्यस्तै खेरसन र जापोराजियाको पनि विभिन्न क्षेत्रमा मतदान गराइएको थियो। ४० लाख मानिसको बसोबास रहेको उक्त चार क्षेत्र समग्र युक्रेनको करिब १५ प्रतिशतको भूभाग हो।
रुसको सरकारी समाचारपत्रले उल्लेख गरेअनुसार ९९.२३ प्रतिशत मानिसले रुससँग जोडिने पक्षमा मतदान गरेका छन्।
शुक्रबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त चार क्षेत्रलाई रुसमा गाभेको घोषणा गर्न सक्ने आशंका गरिएको छ।
यसअघि सन् २०१४ मा पनि रुसले क्रिमियामा जनमतसंग्रह गरेर उक्त भागलाई आफ्नो भूमिमा समावेश गरेको थियो।