दशैको मुखमा डेंगु आतंक. उपत्याकका जिल्लाहरु बढी प्रभाभित

दशैको मुखमा डेंगु आतंक. उपत्याकका जिल्लाहरु बढी प्रभाभित


  • जन संचार
  • बुधबार, १२ असोज २०७९
  • 3.1K
    Shares

उपत्याकामा डेंगु आतंक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस वर्ष बर्खायाम लागेयता डेंगीबाट २५ हजार ४ सय ७१ जनामा संक्रमण पुष्टि भएको छ।

७६ जिल्लामा यसको संक्रमण फैलिएकोमा सबभन्दा बढी १० जिल्लामा यसको प्रकोप देखिएको मन्त्रालयले जनाएको छ।

डेंगु संक्रमणबाट सबैभन्दा बढी काठमाडौं उपत्यकाका जिल्ला बढी प्रभावित छन् । मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ५८९, लुम्बिनीमा प्रदेशमा ३ हजार ५०, सुदूरपश्चिम प्रदेशमा ८२१ जनामा डेंगु पुष्टि भएको छ । त्यसैगरी, गण्डकीमा ६ सय ५३, मधेश प्रदेशमा ४०५ र कर्णाली प्रदेशमा २३६ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो तथ्यांक अनुसार डेंगीबाट ३२ जनाको मृत्यु भएको छ। गत ४ हप्तामा २१ हजार बढीमा डेंगी संक्रमण पुष्टि भएको छ।

 

प्रतिक्रिया