सेनाको नजरबन्दमा राखिएको भनिएका चिनियाँ राष्ट्रपति सी सार्वजनिक कार्यक्रममा देखिए (भिडियोसहित)

सेनाको नजरबन्दमा राखिएको भनिएका चिनियाँ राष्ट्रपति सी सार्वजनिक कार्यक्रममा देखिए (भिडियोसहित)


  • जन संचार
  • बुधबार, १२ असोज २०७९
  • 4.2K
    Shares

सार्वजनिक समारोहमा देखिए चिनियाँ राष्ट्रपति सी जिन पिङ्ग

चिनियाँ सेनाको नजरबन्दमा रहेको हल्ला फैलिएको केही दिनमा चिनियाँ राष्ट्रपति सी चिन पिङ्ग मंगलबार सार्वजनिक कार्यक्रममा देखिएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी र देशले विगत एक दशकमा हासिल गरेका उत्कृष्ट उपलब्धिहरूको प्रदर्शनीमा उनी सहभागी भएका थिए ।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार प्रदर्शनीमा बोल्दै सीले चिनियाँ विशेषतासहितको समाजवादको नयाँ विजयतर्फ दृढ संकल्पका साथ अगाडि बढ्न ठोस प्रयास गर्न आह्वान गरेका थिए ।

सेप्टेम्बर १६ मा उज्बेकिस्तानको समरकन्दमा सांघाई सहयोग संगठन शिखर सम्मेलनबाट स्वदेश फर्किएपछि सी सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् । त्यही बीचमा सी नजरबन्दमा परेको हल्ला चलेको थियो । उक्त हल्लापछि आधिकारिक रूपमा पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन् ।

डायनामिक जीरो कोभिड नीतिअन्तर्गत विदेशबाट फर्केकाहरूका लागि आधिकारिक दिशानिर्देशअनुसार सीलाई तोकिएको ठाउँमा सात दिन अनिवार्य क्वारेन्टाइन र तीन दिन घरमा बसेका थिए । सोही कारण उनी सार्वजनिक कार्यक्रममा समहभागी नभएको बताइएकाे छ । आउँदो अक्टोबरमा चिनियाँ कम्युनिष्ट पार्टीको सम्मेलन हुँदैछ । उक्त सम्मेलनले सीलाई तेस्रो कार्यकालका लागि निर्णय लिँदैछ ।

प्रतिक्रिया