भारतीय व्यापारीलाई रेको सुझाव, ‘नेपाली रुपैयाँ लिएर सामान नबेच्नू’

भारतीय व्यापारीलाई रेको सुझाव, ‘नेपाली रुपैयाँ लिएर सामान नबेच्नू’


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २८ चैत्र २०७२
  • 13.1K
    Shares

भारतीय राजदूत रञ्जित रेले सीमावर्ती भारतीय बजारमा नेपाली रुपैयाँ लिएर कुनै सामान नबेच्न सम्बन्धित व्यवसायीलाई सचेत गराएका छन् । शनिबार जनकपुरमा आयोजित नेपाल–भारत ट्रेड सिम्पोसियम तथा सीमा क्षेत्रका पत्रकारसँगको भेटघाट कार्यक्रममा उनले भने, ‘भारतीय बजारमा भारु र डलरबाहेक कुनै देशको नोट चल्नु हुँदैन ।’ कार्यक्रममा बिहारका मधुबनी र सीतामढी जिल्लाको प्रतिनिधित्व गरेका व्यवसायीले आफूहरुसँग करोडका करोड नेपाली रुपैयाँ थन्के पनि सटही गर्ने आधार नभएको गुनासो गरेपछि राजदूत रेले यस्तो प्रतिक्रिया दिएका हुन् ।
व्यवसायीले खासगरी मधेस बन्दले महिनौंसम्म भन्सार बन्द रहेको हुँदा त्यस अवधिमा सीमावर्ती बजारबाट उल्लेख्य संख्यामा नेपालमा सामान आयात भए पनि त्यहाँ थुप्रिएको नेपाली रुपैयाँ अहिलेसम्म साट्न नपाएको दुखेसको पोखेका थिए । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया