कहाँ छन् राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने ? पठाए यस्तो सन्देश

कहाँ छन् राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने ? पठाए यस्तो सन्देश


  • जन संचार
  • सोमबार, १० असोज २०७९
  • 8.3K
    Shares

सन्दिप लामिछाने

नाबालिका वालात्कारको आरोप लागेपछि केन्याबाट बेपत्ता रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफूमाथि लागेको अभियोगको ‘प्रतिवाद गर्न नेपाल फर्किने तरखर’मा रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आइतबार राति स्ट्याटस लेख्दै उनले मानसिक तनाव र स्वास्थ्य खराबीका कारण ‘आइसोलेसन’मा बसेको पनि उल्लेख गरेका छन् । र, चाँडै नेपाल फर्किने उल्लेख गरेका छन् ।

लामिछानेसँग अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया लगायतका मुलुकको भिसा छ । तर उनी अहिले कहाँ छन् भन्ने बारे बिबरणहरु अझै स्पस्ट छैनन्। टी–२० सिरिज खेल्न केन्या गएका लामिछानेले त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमैका गएका थिए । त्यहाँबाट चाँडै फर्किने बताए पनि उनी हाल कहाँ छन् खुलाएका छैनन् । प्रहरीले पनि पत्ता लगाउन सकेको छैन ।

आइतबार राती आफ्नो फेसबुकमा एक स्टाटस राख्दै लामिछानेले आफ्नो नाममा वारेन्ट जारी भएको समाचार र आफु विरुद्ध परेको जाहेरी सार्वजनिक हुनुले आफूलाई मानसिक रुपमा विक्षिप्त बनाएको उल्लेख गर्दै आफुले के गर्ने र के नगर्ने भन्ने सोच्न समेत नसकेको उल्लेख गरेका छन्। आफूलाई एकातिर मानसिक असर परेको र अर्कातिर बिरामी अवस्थाबाट गुज्रिन परेको तथ्य कोट्याउदै लामिछानेले “मानसिक तनाव र स्वास्थ्य खराबीका कारण आफू आईसोलेसनमा रहेको तथ्य खुलाएका छन्। तर कहाँ र कुन अवस्थामा आईसोलेसनमा रहेको हो भन्ने बारेमा खुलाएका छैनन्।

आफु चिकित्सकहरुको परामर्शमा उपचार गरिरहेको जानकारी दिदै खेलाडी लामिछानेले डाक्टरहरुको सल्लाहमा आफूलाई सामान्य अवस्थामा ल्याउँदै गरेको भन्दै उनले अगाडि भनेका छन्, ‘स्वास्थ्यमा क्रमिक सुधार आउँछ र जति सक्दो चाँडो नेपाल फर्किएर मविरुद्धको झुठा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु ।’

घटना विवरण अनुसार,

भक्तपुरमा घुमाउन लगेर मध्यराति काठमाडौंस्थित एक होटलमा उनले पटकपटक बलात्कार गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दर्ता भएको थियो । त्यसपछि उनले सामाजिक सञ्जालमा फेसबुकमा स्ट्याटस लेख्दै उनले आफू निर्दोष रहेको र कानूनको सम्मान गर्दै नेपाल आउन लागेको बताएका थिए । तर हालसम्म सम्पर्कविहीन छन् । उनी नफर्किएपछि प्रहरी अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) सँग समन्वय गरेर नेपाल ल्याउने प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ ।

लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले भदौ २३ गते जिल्ला प्रहरी कार्यालय, काठमाडौंलाई अनुमति दिएको छ । त्यही अनुसार उनलाई पक्राउ गर्न काठमाडौं प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयलाई पत्राचार गरेको छ । त्यसको आधारमा उनी विमानस्थलमा ओर्लिने वित्तिकै पक्राउ पर्नेछन् ।

लामिछाने भदौ ६ गते टी–२० सिरिज खेल्न केन्या गएका थिए । त्यसको अघिल्लो राति उनले काठमाडौंको पिंगलास्थानस्थित एक होटलमा लगेर १७ वर्षकी किशोरीलाई जबरजस्ती करणी गरेको अभियोग छ ।

पीडितको बयान अनुसार लामिछाने आफैं मध्य बानेश्वरस्थित होस्टल नजिकै पीडितलाई लिन गएका थिए । खाजा खाने बहानामा भक्तपुरको नगरकोटमाा लगेको र ढिला गरी फर्किएको पीडितको जाहेरीमा उल्लेख छ ।

काठमाडौं आइपुग्दा राति साढे १० भइसकेको थियो र होस्टल बन्द हुने भन्दै उनलाई होटलमा बस्न लामिछानेले भनेका थिए । त्यसपछि होटलमा बसेका बेला बलात्कार भएको जाहेरीमा उल्लेख छ ।

प्रतिक्रिया