डेंगु संक्रमित सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाह गर्न सरकारले एक जना नर्स खटाउने

डेंगु संक्रमित सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाह गर्न सरकारले एक जना नर्स खटाउने


  • जन संचार
  • आइतबार, ९ असोज २०७९
  • 4.1K
    Shares

सत्यमोहन जोशीलाई डेंगु

संस्कृतिविद् सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि सरकारले एक जना नर्स उपलब्ध गराउने भएको छ।

असोज ७ गते बसेको मन्त्रिपरिषद बैठकले संस्कृतिविद एवं शताब्दी पुरूष जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट एक जना नर्स उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए।

जोशी पछिल्लो समय स्वास्थ्यमा समस्या भएर अस्पताल भर्ना भएका छन्। जोशीलाई डेंगी भएको अस्पतालले जनाएको छ।
 

प्रतिक्रिया