देशैभर देखा परेको डेंगु एकै दिनमा १५०४ जना संक्रमित, ‘प्रकोप’ घोषणा गर्ने तयारी

देशैभर देखा परेको डेंगु एकै दिनमा १५०४ जना संक्रमित, ‘प्रकोप’ घोषणा गर्ने तयारी


  • जन संचार
  • आइतबार, ९ असोज २०७९
  • 3.2K
    Shares

डेंगु प्रकोप घोषणा गर्ने तयारि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा डेंगुका कारण एक हजार पाँच सयभन्दा बढी संक्रमित थपिएका छन् ।

शनिबारसम्म २२ हजार ९८८ जनामा डेंगु संक्रमण भएको थियो । अहिलेसम्म डेंगु संक्रमणका कारण २९ जनाको मृत्यु भएको छ ।

नेपालमा एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए ।

हालसम्म देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएकाले यसलाई ‘प्रकोप’ घोषणा गर्ने तयारी गरेको छ । संक्रमितको संख्या दिनदिनै बढिरहेकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

 

 

प्रतिक्रिया