वाङ्मय पुरुष सत्यमोहन जोशीलाई डेंगु

वाङ्मय पुरुष सत्यमोहन जोशीलाई डेंगु


  • जन संचार
  • शनिबार, ८ असोज २०७९
  • 5.6K
    Shares

सत्यमोहन जोशीलाई डेंगु

१०२ वर्षका वाङ्मय पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण भएको छ ।

कमजोर महसुस र खानामा अरुचि भएपछि अस्पतालको आकस्मिक कक्षमा आएका जोशीको परीक्षण गर्दा डेंगु पुष्टि भएको किष्ट मेडिकल कलेजले जनाएको छ ।
जोशीमा पिसाब संक्रमणका साथै पुरानै छाती तथा मुटुको समस्या पनि रहेको अस्पतालले जनाएको छ ।

अस्पतालको डिलक्स क्याबिनमा उपचार गराइरहेका उनको अवस्था चिन्ताजनक देखिए पनि डराइहाल्नुपर्ने अवस्था नरहेको अस्पतालको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया