रहेनन् अब भारतीय हास्यकलाकार राजु श्रीवास्तव

रहेनन् अब भारतीय हास्यकलाकार राजु श्रीवास्तव


  • जन संचार
  • बुधबार, ५ असोज २०७९
  • 3.7K
    Shares

रहेनन् हास्यकलाकार राजु श्रीवास्तव

चर्चित भारतीय कमेडियन राजु श्रीवास्तावको निधन भएको छ ।

श्रीवास्तवको ५८ वर्षको उमेरमा बुधबार बिहान अखिल भारतीय आयुर्विज्ञान संस्थानमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बाल्यकालदेखि मिमिक्री र कमेडी गर्ने श्रीवास्तवको जन्म उत्तर प्रदेशको कानपुरमा सन् १९६३ डिसेम्बर २५ मा भएको थियो । बाल्यकालमा उनको नाम सत्यप्रकाश श्रीवास्तव भए पनि बलिउडमा उनी राजु श्रीवास्तवको नामले चिनिन्छन् ।

उनले केही फिल्मका साथै टीभी शोमा काम गरे । रियालिटी शोमा पनि उनले भाग लिएका थिए । तर उनलाई  स्थापित भने कमेडी शो द ग्रेट इन्डियन लाफ्टर च्यालेन्जले गराएको थियो । उनले मैने प्यार किया, बाजीगर, बम्बे टु गोवा (रिमेक), आम्दानी अठन्नी खर्चा रुपैया जस्ता फिल्ममा अभिनय गरेका छन् । उनी उत्तर प्रदेश फिल्म विकास परिषद्का अध्यक्ष समेत थिए ।

श्रीवास्तवले सन् २०१४ मा कानपुरबाट लोकसभा चुनावमा भारतीय जनता पार्टीबाट टिकट समेत पाएका थिए, तर उम्मेदवार बन्ने प्रस्तावलाई उनले अस्वीकार गरेका थिए ।

राजु श्रीवास्तावको निधनप्रति भारतीय कलाकार, प्रशंसक र राजनीतिज्ञहरुले दुःख व्यक्त गरेका छन् ।

 

 

प्रतिक्रिया