अनशनरत डा गोबिन्द केसीको स्वास्थ्य स्थिति नाजुक बन्दै, लिनै मानेनन् औषधी

अनशनरत डा गोबिन्द केसीको स्वास्थ्य स्थिति नाजुक बन्दै, लिनै मानेनन् औषधी


  • जन संचार
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 4K
    Shares

गोबिन्द केसीको स्वास्थ्य बिग्रदै

धनगढी पुगेर श्रीकृष्ण मन्दिरको धर्मशालाबाट २० औँ सत्याग्रह थालेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अबस्था जटिल बन्दै गएको छ ।

अनशन बसेको पाँच दिन पुग्दा समेत सरकार पक्षबाट कुनै सुनवाइ भएको छैन ।

औषधि लिन नमानेका उनलाई अस्पतालले भेटघाटमा पनि रोक लगाएको छ। केसीसँगै रहेका उनका सहयोगी डाक्टर अमृत जैसीले स्वास्थ्य अवस्था बिग्रिदै गएको जानकारी दिए ।
ब्लड प्रेसर पनि निकै घटेर ९०/६० पुगेको,मुटुको चाल पनि घट्दो क्रममा रहेको, सामान्य स्लाइन पानी चढाए पनि औषधि लिन नमानेपछि स्वास्थ्य अबस्था झन् बिग्रदै गएको जैसीले बताए ।

उनका सहयोगी डाक्टर जैसीले सरकारी पक्ष आन्तरिक रुपमा अनौपचारिक सम्वादमा रहेको सुनिए पनि औपचारिक रुपमा वार्ताका लागि अहिलेसम्म प्रस्ताव नआएको बताए । डाक्टर केसी यसअघि भएका सम्झौता कार्यान्वयनको माग राखेर २० औँ पटक धनगढीमा आमरण अनसन बसेका छन् ।

चिकित्सा शिक्षा सुधारका अभियान्ता केसी आफू तीन करोड नेपाली जनताका लागि अनशन बसेकाले स्वास्थ्य अवस्था तलमाथि हुँदैमा फरक नपर्ने भन्दै औषधि लिन मानिरहेका छैनन् । ‘उहाँले तीन करोड नेपाली जनताका लागि उठाएका माग सरकारले सम्बोधन नगरेसम्म औषधि लिन्न भन्नुभएको छ,’ जैसीले भने ।

प्रतिक्रिया