मुख्यमन्त्रीले शिलान्यास गरेको २४ घण्टा नबित्दै कसले भत्कायो थारू संग्रहालय ?

मुख्यमन्त्रीले शिलान्यास गरेको २४ घण्टा नबित्दै कसले भत्कायो थारू संग्रहालय ?


  • जन संचार
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 2.7K
    Shares

गण्डकी प्रदेशका मुख्य मन्त्रीले शिलान्यास गरेको पूर्वी नवलपरासीको डण्डास्थित थारू संग्रहालयको जग अज्ञात समूहले २४ घण्टा नबित्दै भत्काइदिएको छ । बुधबार दिउँसो मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संग्रहालयको शिलान्यास गरेका थिए ।

थारू राष्ट्रिय संग्रहालय अध्ययन केन्द्रका अध्यक्ष जामुनराम महतोले बिहीबार विज्ञप्तिमार्फत शिलान्यास गरिएको संग्रहालयको पोल भत्काइदिएको जानकारी दिँदै छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

बुधबार राति १० बजेतिर अज्ञात समूहले उक्त संग्रहालय भत्काएको हो । बुधबार जितिया पर्वको अवसर पारेर शिलान्यास गरिएको थियो । संग्रहालय परिसरमा सटर बनाएर भाडामा दिने उद्देश्यले नयाँ बन्ने भवनको शिल्यान्यास गरिएको थियो ।

राष्ट्रिय वन क्षेत्रमा संग्रहालय बनाउन तारबार गरिएकोमा डिभिजन वन कार्यालय कावासोतीले असहमति जनाउँदै आएको छ । बुधबार वन कार्यालयका प्रतिनिधि उपस्थित थिएनन् । वन कर्मचारीले नै भत्काएको हुन सक्ने शंका गरिएको छ । तारबार गरेदेखि नै वन कार्यालयले असहमति राख्दै आएको हो । डिभिजन वन कार्यालय कावासोतीका प्रमुख मोहनराज काफ्लेसँग जानकारी लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया