भारतको उत्तर प्रदेश पुर्याइएका १६ नेपाली बालकको उद्दार

भारतको उत्तर प्रदेश पुर्याइएका १६ नेपाली बालकको उद्दार


  • जन संचार
  • बिहिबार, ३० भाद्र २०७९
  • 3K
    Shares

भारतबाट नेपाली बालकको उद्दार

रुपन्देहीको भित्री नाका हुँदै जोखिमपूर्ण रुपमा भारतको उत्तर प्रदेश पुर्‍याइएका १६ जना नेपाली बालकको उद्धार गरिएको छ।

भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरुलाई शान्ति पुनःस्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प क्रस संस्थाको समन्वयमा बुधबार उद्धार गरी नेपाल ल्याइएको शान्ति पुनःस्थापना गृहका नेपालगञ्जस्थित क्षेत्रीय संयोजक भूमि भट्टराईले जानकारी दिए।

उद्धार गरिएका नुवाकोटका १०, रसुवाका पाँच र कैलालीका एक गरी १६ बालबालिकामध्ये अधिकांंश १२ वर्षमुनिका छन्। पुनःस्थापना गृह नेपाललाई प्राप्त सूचनाको आधारमा उनीहरुलाई गोरखपुरस्थित रेलवे स्टेशनबाट भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो।

उद्धार गरिएका बालकहरुलाई अपराध अनुसन्धान ब्यूरोसँग समन्वय गरि अभिभावकको जिम्मा लगाइने संयोजक भट्टराईको भनाइ छ।

अवैध नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका बालकको उद्धार गर्न सफल भए पनि उनीहरुलाई भारत पुर्‍याउने व्यक्तिको पहिचान हुन सकेको छैन।

 

 

 

प्रतिक्रिया