युक्रेनका रास्ट्रपति जेलेन्सकी सवार कारको दुर्घटना

युक्रेनका रास्ट्रपति जेलेन्सकी सवार कारको दुर्घटना


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३० भाद्र २०७९
  • 4.4K
    Shares

रास्ट्रपति जेलेंसकिको कार दुर्घटना

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार कार दुर्घटनामा परेको छ।

बुधबार राजधानी किएभमा राष्ट्रपति जेलेन्स्की सवार गाडीलाई अर्को कारले ठक्कर दिएको बिबिसीले जनाएको छ।

‘राष्ट्रपतिको स्वास्थ्य परीक्षण गर्दा चोट पटक देखिएको छैन,’ राष्ट्रपति कार्यालयका प्रवक्ता सर्गेइ निकोफोरभले भनेका छन्।

राष्ट्रपति सवार गाडीलाई ठक्कर दिएका कार चालक भने घाइते भएका छन्। उनी अस्पतालमा उपचाररत छन्।

दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार