कैलालीमा देउडा हेर्न गएकी एक बालिकाले सामूहिक वलात्कारमा परेपछि सामाजिक रुपमा बदनाम हुने डरले स्यानिटाइजर पिएर आत्महत्याको प्रयास गरेको खुलेको छ।
कैलालीको घोडाघोडी नगरपालिकामा डेउडा हेर्न गएकी १५ वर्षीया बालिकाले बलात्कृत भएपछि सामाजिक रुपमा बदनाम हुने डरले स्यानिटाइजर पिएर आत्महत्याको प्रयास गरेको खुलेको हो ।
प्रहरीका अनुसार, गएको २२ गते बिहान २:३० बजेतिर सुखड बजारमा बेहोस अवस्थामा फेला पारी घोडाघोडी अस्पताल पुर्याइएकी ती बालिकाले होशमा आए पछि आफु सामूहिक वलात्कारमा परेको जानकारी दिएकी थिइन् भने सामाजिक रुपमा बदनाम हुने डरले आफुले स्यानिटाइजर् पिएको बयान दिएकी थिइन्।
प्राप्त घटना विवरण अनुसार, भदौ २१ गते सुखड बजारको हेलिप्याडमा भइरहेको डेउडा हेर्न साथी सँगै गएकी बालिका देउडा सकिएपछि सुखड बजारमा रहेको एक होटेलमा खाजा खान गएकी थिइन । पहिल्यै त्यही रहेका चार जना मध्ये नवीन कुँवरले बालिकालाई चिनेका कारण सँगै खाजा खान अनुरोध गरेको र सँगै खाजासंगै बियर समेत खाएको बालिकाले बयानमा बताएको प्रहरीले जानकारी दिएको छ ।
खाजा खादै गरेको अवस्थामा नवीनले नै घोडाघोडी नगरपालिका १ पिपलडाडामा रहेको एसी सापकोटा लाई टेलिफोन गरेको र उनले केटी लिएर यहीँ आउन भनेपछि उनले ती बालिका समेतलाई लिएर सापकोटाको घर गएको प्रहरीले बताएको छ । बालिका सँगै गएका तीनजना र एसीले मदिरा सेवन गरी बालिकालाई सामूहिक बलात्कार गरेको प्रहरी जानकारी दिएको छ ।
२१ गते राती ४ जनाले सामूहिक रुपमा बलात्कार गरेको भन्दै ती बालिकाले इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता गराएकी छन् ।
प्रहरीले आरोपी ४ जना मध्ये तीन जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए । उनले घोडाघोडी १ का एसी सापकोटा, हिमाल सापकोटा र घोडाघोडी २ का बसन्त विष्ट पक्राउ परेको बताउँदै फरार घोडाघोडी १ का नवीन कुँवरको खोजी भइरहेको बताए ।
इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले पक्राउ परेका तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताए । उनले बालिकाको धनगढीमा स्वास्थ्य परीक्षण भइरहेको बताए ।