इजरायली सेनाद्वारा अलजजिराकी वरिष्ठ पत्रकार अकलेहको गोली हानि हत्या

इजरायली सेनाद्वारा अलजजिराकी वरिष्ठ पत्रकार अकलेहको गोली हानि हत्या


  • जन संचार
  • मंगलबार, २१ भाद्र २०७९
  • 1.8K
    Shares

अलजजिराकी वरिष्ठ पत्रकार शिरिन अबु अकलेहलाई इजरायली सेनाले गोली हानि हत्या गरेको छ।

‘प्रेस भेस्ट’ लगाएर वेस्ट बैंकस्थित जेनिन शरणार्थी शिविरमा इजरायली सेनाको आक्रमणबारे समाचार संकलन गरिरहेकी अकलेहलाई इजरायली सेनाले गोली हानि हत्या गरेको हो। यस क्रममा अर्का एक प्यालेस्टाइनी पत्रकार अली अल समौदी घाइते भएका छन् ।

यस घटनाप्रति आपत्ति जनाउँदै अजजिराले एक विज्ञप्ति जारी गरेको छ । साथै पत्रकार शिरिनको हत्या गरिएको भन्दै अलजजिराले इजरायली सेनालाई जिम्मेवार बनाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।

इजरायली सेनाले व्यवस्थित रुपमा यस क्षेत्रमा अत्यधिक बल प्रयोग गरेको अजजिराको भनाइ छ । यस बाहेक पनि इजरायली सेनाले पछिल्लो समय यस क्षेत्रमा अरु प्यालेस्टाइनी पत्रकारको पनि हत्या गरेको बताइन्छ । जुन घटनाबारे अनुसन्धान गरिनुपर्ने भन्दै आवाज उठाइएको छ ।

प्रतिक्रिया