नेपालकी रशिला तामांगले जितिन स्वीटजरल्यान्डमा अल्ट्रा म्याराथन

नेपालकी रशिला तामांगले जितिन स्वीटजरल्यान्डमा अल्ट्रा म्याराथन


  • जन संचार
  • आइतबार, १९ भाद्र २०७९
  • 2.9K
    Shares

स्विटजरल्याण्डमा म्याराथन बिजेता रसिला

स्वीटजरल्यान्डमा सम्पन्न अल्ट्रा टुर मोन्टे रोसा (यूटीएमआर) को १०० किलोमिटर अल्ट्रा दौडमा
नेपालकी रशिला तामाङले उपाधि जितेकी छन् ।

स्वीटजरल्याण्डको ग्राचेनमा सम्पन्न मिसाबेल १०० किटोमिटरमा रशिलाले निर्धारित दूरी १८ घण्टा ५८ मिनेट २८ सेकेण्डमा पूरा गरिन् ।

नेपालबाट तीन धावकले सहभागिता जनाएकोमा तीनै जना शीर्ष तीनमा रहन सफल भए ।

नेपालकै अनिता राई २० घण्टा २४ मिनेट १० सेकेण्डमा दौड पूरा गर्दै तेस्रो भइन् । उनी दोस्रो भएकी चेक रिपब्लिककी मिसेला मेर्टोभाभन्दा जम्मा ८ सेकेन्डले पछि परिन् । मेर्टोभाले २० घन्टा २४ मिनेट १० सेकेन्डमा पूरा गरिन् ।

यस्तै पुरुषतर्फ नेपालका भीम गुरुङ दोस्रो भए । भिमले निर्धारित दुरी १६ घण्टा २९ मिनेट ३९ सेकेण्डमा पूरा गरे । स्वीट्जरल्याण्डका दानियल बेर्च्टोल्डले १५ घण्टा ३९ मिनेट १२ सेकेण्डमा दौड पूरा गर्दै पहिलो भए ।

प्रतिक्रिया