भ्रस्टाचार आरोप खेपिरहेकी अर्जेण्टेनि उपरास्ट्रपति क्रिस्टिनामाथि हत्या प्रयास

भ्रस्टाचार आरोप खेपिरहेकी अर्जेण्टेनि उपरास्ट्रपति क्रिस्टिनामाथि हत्या प्रयास


  • जन संचार
  • शुक्रबार, १७ भाद्र २०७९
  • 2.1K
    Shares

क्रिस्टिना फ़र्नाडेज

अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेजमाथि हत्या प्रयास भएको छ ।

प्रहरीले उपराष्ट्रपति फर्नान्डेजमाथि बन्दुक प्रहार गरेर हत्या प्रयासको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । आरोपितले उपराष्ट्रपतिको हत्या गर्ने नियतले बन्दुक प्रहार गरेको प्रहरीले जनाएको छ ।

बिहिबार राति उपराष्ट्रपति क्रिस्टिना घरबाहिर समर्थकहरूलाई अभिवादन गरिरहेकी बेला भीडबाट निस्किएको एक व्यक्तिले उनको अनुहार ताकेर बन्दुक देखाएको जनाएको छ ।
बिबिसीका अनुसार राष्ट्रपति अल्बर्टो फर्नान्डेजले बन्दुकमा पाँचवटा गोली भरिएको तर चलाउँदा गोली लाग्न असफल भएको बताएका छन् । उपराष्ट्रपति अहिले भ्रष्टाचारको मुद्दा खेपिरहेकी छिन् । यो घटना घट्दा उनी अदालतबाट घर फर्कंदै थिइन् । उनले भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएकी छिन् ।

बिहीबार राति राष्ट्रलाई सम्बोधन गर्दै फर्नान्डेजले आक्रमणकारीको निन्दा गरे र सन् १९८३ मा लोकतन्त्र फर्किएपछि कै सबैभन्दा गम्भीर घटनाको रूपमा यसलाई चित्रित गरे ।
उनले अर्जेन्टिनीहरूलाई ‘जीवन, लोकतन्त्रको रक्षा र हाम्रा उपराष्ट्रपतिसँग ऐक्यबद्धतामा व्यक्त गर्न’ समय दिनको लागि शुक्रबार राष्ट्रिय बिदाको घोषणा गरे ।

प्रतिक्रिया