सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचेभको निधन पुटिनले दिए सहानुभूति

सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचेभको निधन पुटिनले दिए सहानुभूति


  • जन संचार
  • बुधबार, १५ भाद्र २०७९
  • 3K
    Shares

मिखाइल गोर्बाचेभ

शीतयुद्धकालको महाशक्ति राष्ट्र सोभियत सङ्घका अन्तिम नेता मिखाइल गोर्बाचेभको निधन भएको छ। उनको ९१ वर्षको उमेरमा निधन भएको हो। उनी सन् १९८५ देखि १९९१ सम्म सोभियत संघको सत्तामा थिए ।

गोर्बाचेभले आफ्नो समयमा दुईवटा सुधारहरू गरे जसले सोभियत संघको भविष्य परिवर्तन गर्यो। यी ‘ग्लासनोस्ट’ अर्थात अभिव्यक्ति स्वतन्त्रता र ‘पेरेस्ट्रोइका’ अर्थात पुनर्गठन थिए।

अभिव्यक्ति स्वतन्त्रताको नीति पछ्याउँदै सोभियत संघमा जनतालाई सरकारको आलोचना गर्ने अधिकार प्राप्त भयो। यो पहिले कहिल्यै कल्पना नगरेको कुरा थियो।

मिखाइल गोर्बाचेभ सन् १९८५ मा सोभियत संघका राष्ट्रपति निर्वाचित भएका थिए। यसपछि उनले विश्वका लागि सोभियत संघमा विकास गर्न ढोका खोलिदिए। फलस्वरुप ठूलो परिमाणमा धेरै सुधारहरू भयो।
तर यिनै सुधारले सोभियत संघ विघटनको नेतृत्व गर्यो। उनले कयौं प्रयास गर्दा पनि जोगाउन सकेनन्। त्यहींबाट आधुनिक रूसले जन्म लियो।

उनको निधनमा विश्व नेताले श्रद्धाञ्जली अर्पण गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इतिहासको पाठ्यक्रम परिवर्तन गरेको टिप्पणी गरेका छन् । ‘मिखाइल गोर्बाचेभ एक दयालु राजनीतिज्ञ थिए’ महासचिव गुटेर्रेसले भनेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तिम सोभियत नेता गोर्बाचेभको निधनप्रति गहिरो सहानुभूति व्यक्त गरेका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘राष्ट्रपति पुटिनले मिखाइल गोर्बाचेभको मृत्युप्रति गहिरो सहानुभूति व्यक्त गर्नुभएको छ ।’

प्रतिक्रिया