कोरोना संक्रमणकाकारण एकैदिन तीन जनाको मृत्यु, चारसय ४४ जना नयाँ संक्रमित थपिए

कोरोना संक्रमणकाकारण एकैदिन तीन जनाको मृत्यु, चारसय ४४ जना नयाँ संक्रमित थपिए


  • जन संचार
  • बिहिबार, ९ भाद्र २०७९
  • 3.2K
    Shares

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्‍यु भएको छ भने थप चारसय ४४ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार नौसय ५४ जनाको परीक्षणमा चारसय ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार एकहजार नौसय ९६ जनाको पीसीआर परीक्षण गर्दा दुइसय ११ जना र दुई हजार नौसय ५८ जनाको एन्टिजेन परीक्षण गर्दा दुइसय ३३ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

यस्तै बिहीबार कोरोना संक्रिय संक्रमितको संख्या चारहजार एकसय ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा तीनसय सात जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार चार हजार २६ जना होम आइसोलेसनमा रहेका छन् भने एकसय ७३ जना संस्थागत आइसोलेसन र ५० जना आईसीयूमा छन् । यस्तै दुई जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४६ हजार पाँचसय पांच पुगेको छ ।

प्रतिक्रिया