भारतको आपत्तिका बाबजुद चीनले ९९ वर्षका लागि भाडामा लिएको भनिएको श्रीलंकाको हम्बानटोटा बन्दरगाहमा एउटा अनुसन्धानमा प्रयोग हुने चिनियाँ पानी जहाज पुगेको छ।
युवान वाङ ५ जहाजलाई श्रीलङ्काको पानीमा कुनै पनि अनुसन्धानको काम नगर्ने शर्तमा बन्दरगाहमा पार्क गर्ने अनुमति दिइएको बन्दरगाहका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
भारतले यसअघि सो जहाज जासुसका लागि प्रयोग हुनसक्ने भन्दै आपत्ति जनाएको थियो । श्रीलङ्काको विदेश मन्त्रालयले सो जहाज बन्दरगाहमा २२ अगस्तसम्म रहने जानकारी दिएको छ ।
चीनको बीआरआई अवधारणा अन्तर्गत निर्माण भएको हम्बानटोटा बन्दरगाह श्रीलंकाले ऋण तिर्न नसकेपछि चीनले उक्त बन्दरगाह सन् २०१७ मा ९९ वर्षका लागि भाडामा लिएको थियो।