न्याय मरेको देश : न्याय खोज्न राष्ट्रपति निवास अगाडी पुगेकी कुमारी आमा फेरी पक्राउ

न्याय मरेको देश : न्याय खोज्न राष्ट्रपति निवास अगाडी पुगेकी कुमारी आमा फेरी पक्राउ


  • जन संचार
  • शुक्रबार, २७ साउन २०७९
  • 3.8K
    Shares

निहारिका राजपुत, niharika rajput

न्याय खोज्न भन्दै राष्ट्रपति निवास शीतल निवास पुगेकी कुमारी आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज दिउँसो साढे ३ बजेको समयमा बसन्तपुरबाट शीतल निवास पुगेकी उनलाई प्रहरीले तत्काल पक्रेर महाराजगञ्ज वृत्तमा लगेको हो ।

२० वर्षकी निहारिका राजपुतले राष्ट्रपति भवन शितल निवासअघि शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेपछि पक्राउ गरिएको प्रहरीको दाबी छ ।

यसअघि उनलाई सिंहदरबार अघिल्तिरको भद्रकालीमा अनसन बस्न लाग्दा पनि प्रहरीले पक्रेर बसन्तपुर पुर्याएको थियो । त्यसपछि सर्वोच्च अदालत बाहिर बस्न खोज्दा गत साता प्रहरीले नियन्त्रणमा लिएको थियो ।

आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको पिडित निहारिका राजपुतको भनाइ छ ।

किशोर अवस्थामा आफूलाई बलात्कार गरिएको र बालकको जन्म भएको बताउँदै आएकी निकारिका राजपुतले आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत बसेकी थिइन् । घटनाको अनुसन्धानमा प्रहरीले सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने काम गरिरहेको जिकिर गरेकी उनले पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने उनको माग छ । उनको साथमा दुई वर्षको काखे बालक पनि छ ।

जनकपुरका शिवराज श्रेष्ठले आफुलाई वलात्कार गरेर गर्भवती बनाई छोरा समेत जन्म भैसकेको अवस्थामा जिल्ला अदालत धनुषाले २०७८ साल माघ २४ गते श्रेष्ठलाई सफाइ दिएको छ । त्यसविरुद्ध उनी उच्च अदालत जनकपुर पुगेकी छन् । मुद्दा अदालतमा विचाराधीन छ ।

प्रतिक्रिया